Eco-Village Development in South Asia-Evd Project

English

कार्वन न्यूनिकरण एवं विपन्न केन्द्रित दिगो वातावरणमैत्री गाऊँ विकासका लागि स–प्रमाण पैरवी
यस, क्षेत्रिय परियोजनाको प्रारम्भ, यसका अन्तर्वस्तुहरु, सन्दर्भहरु एवं उद्देश्यहरु दक्षिण एसियाली देशहरु (जस अन्तर्गत नेपाल, भारत, बङ्गलादेश र श्रीलङ्का पर्दछन्) का सम्बन्धित साझेदारहरुद्वारा संयुक्त रुपमा तयार पारिएको हो । दक्षिण एसियाली राष्ट्रहरु, फस्टाउंदो अर्थब्यवस्था एवं बढ्दो जनसङ्रख्या भएका देशहरुका रुपमा परिचित छन् । फस्टाउंदो अर्थव्यवस्था एवं फैलंदो जनसंख्यासंगै यी देशहरुमा भैरहेका विकास गतिवविधहरुका कारण वायुमण्डलमा हानिकारक “हरितगृह ग्यांस”को उत्सर्जन बढिरहेको छ । यसका अतिरिक्त, वृद्धि उन्मुख अर्थव्यवस्थामा विकास गतिविधिहरु केन्द्रिकृत हुनाले ठूलो हिस्सामा छरिएर रहेका विपन्न ग्रामीण समुदायहरुलाई यस किसिमको विकास अवधारणाले अझैं पनि समेट्न सकेको छैन । परिणामस्वरुप, समाजमा धनी र गरिब समुदायहरुका बीच विभेद सिर्जना हुन सक्ने जोखिम बढिरहेको छ, साथै यसबाट देश भित्रै पनि ग्रामीण क्षेत्रको विकास र शहरी क्षेत्रको विकासका बिच ठूलो असमानता हुन सक्ने खतरा उत्पन्न भैरहेको छ । यसै परिप्रेक्षमा, समुदायका अति विपन्न वर्गहरु नै जलवायु परिवर्तनका असरहरुबाट बढि प्रभावित हुने गरेका तथ्यहरु जग जाहेरै छन् । तसर्थ, ती विपन्न वर्गहरुको उत्थानका लागि यस्ता सशक्त पहलहरु गर्नु आवश्यक छ कि, जसबाट गरीबी न्यूनिकरण, हरितगृह ग्यांसको उत्सर्जनमा कमी एवं देशका ग्रामीण क्षेत्रहरुको दिगो विकास, जस्ता विषयहरु सम्बोधन हुन सकुन, साथै यसबाट गरीबी न्यूनिकरण सहितको विकास र जलवायु परिवर्तन न्यूनिकरणका बिच परस्पर द्वन्द्धात्मक सम्बन्ध छैन भन्ने नतिजा समेत प्रस्तुत गर्न सकियोस । जलवायु परिवर्तन र अविछिन्न गरीबी, नेपालको समृद्धिका लागि दीर्घकालिन रुपमा रहने सम्भावित सबै भन्दा ठूला दुइओटा चुनौतिहरु हुन् । यद्यपिः यी दुवै सवालहरुमा व्यापक रुपमा जनचेतना मुलक प्रयासहरु हुंदाहुंदै पनि जलवायु परिवर्तनका चुनौतिहरु दिनानुदिन थपिंदैछन् भने, गरीबी न्यूनिकरणको गति चाहिं निकै मन्द भैरहेको देखिन्छ । तथापिः विद्यमान गरीबी तथा जलवायु परिवर्तन, यी दुवै चुनौतिहरुलाई समाधानको एउटै विकल्पद्वारा हल गर्न सकिन्छ, त्यो हो “वातावरणमैत्री गाऊँ विकास अवधारणा” । “वातावरणमैत्री गाऊँ विकास अवधारणा” एउटा यस्तो समय सापेक्ष विकास अवधारणा हो, जसले गरीबी न्यूनिकरण, हरितगृह ग्यांसको उत्सर्जन नियन्त्रण तथा ग्रामीण क्षेत्रहरुको दिगो विकास, जस्ता सवालहरुलाई आफ्नै पहलबाट एकैसाथ सम्बोधन गर्न सक्दछ । यद्यपिः स्थानीय, राष्ट्रिय तथा क्षेत्रिय तहका सम्बन्धित सरोकारवालाहरुलाई सु–सूचित गाउनका लागि यस अवधारणाबारे पर्याप्त बहस तथा पैरवी हुनु आवश्यक छ, जसले स्थानीय, राष्ट्रिय तथा क्षेत्रिय तहबाट राष्ट्रिय नीति निर्माताहरुलाई प्रभाव पार्न सक्दछन् । अनुभवमा आधारित यस किसिमको “वातावरणमैत्री अवधारणा” सम्बन्धी पैरवी, जलवायु परिवर्तन न्यूनिकारण तथा गरीबी निवारणका लागि राष्ट्रिय, क्षेत्रिय तथा अन्तर्राष्ट्रिय तहमा हुने वर्ताहरुमा प्रस्तुत गर्न सकिने एउटा सशक्त विधि हुन सक्दछ ।
परियोजनाका साझेदार संस्थाहरु

कार्यक्रमको उद्देश्य
ड्ड कार्वन उत्सर्जन न्यूनिकरण सहितको गाऊँ विकास मार्फत गरीवी न्यूनिकरण भन्ने अवधारणालाई प्रमाण सहित प्रस्तुत गर्नका लागि यस कायक्र्रमद्वारा लक्षित गरिएका ३–वटा गाउँहरुलाई बातावरणमैत्री नमुना गाउँको रुपमा विकास गर्नु ।
ड्ड स्थानीय तहदेखि केन्द्रीय तहसम्मका वातावरण पक्षधर सरोकारवालाहरु लगायत राष्ट्रिय नीति निर्माताहरुलाई जलवायु परिवर्तन न्यूनिकरण तथा अनुकुलन सम्बन्धी प्रयोगसिद्ध विकल्पहरुबारे अवगत गराई दिगो वातावरण मैत्री राष्ट्रिय नीतिनिर्माण तथा यसको कार्यान्वयनमा सहयोग पु¥याउनु ।
ड्ड जलवायु परिवर्तन न्यूनिकरण तथा अनुकुलनका लागि वातावरण संरक्षण सहितको विकास एक महत्वपूर्ण तत्व हो, भन्ने बहसलाई गाऊँ टोल हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहसम्म पु¥याउनु ।
कार्यक्रम अवधि
यस कार्यक्रमको अवधि १५–जनवरी सन् २०१५ देखि १५–जुलाई सन् २०१७ (३० महिना) सम्म रहनेछ ।

काभ्रे जिल्लाका तीनवटा गाविसहरु अन्तर्गत, च्याम्¥याङ्गबेशी गाविसको वार्ड नं २ मा पर्ने “च्याम्राङ्गबेशी गाऊँ” ढुंखर्क गाविसको वार्ड न. २ र ९ मा पर्ने “लड्कु–चनौटे गाऊँ” र गणेशस्थान चलाल गाविसको वार्ड नं ९ मा पर्ने “सिक्रीघ्याङ गाऊँ” यस कार्यक्रमका मुख्य कार्यक्षेत्र हुन् । कार्यक्रम कार्यान्वयन अन्तर्गत गाऊँ स्तरमा स्थानीय संस्थाहरु क्रमशः “गहुँबाली बिजवृद्धि समुह च्याम्¥याङ्गबेशी–२”, “लड्कु–चनौटे सिंचाई जल उपभोक्ता समिति ढुंखर्क २,९” र “नेपाल रेडक्रस सोसाइटी उपशाखा गणेशस्थान चलाल” लगायत जिल्ला स्तरमा “घट्टधनी संघ काभ्रे” बीच सहकार्य हुनेछ ।
लक्षित समुदाय एवं सरोकारवालाहरु
ड्ड कार्यक्रमद्वारा निर्धारित कार्यक्षेत्र भित्र बसोवास गर्ने, उत्सुक एवं समूहमा आवद्ध भएका महिला तथा बाल–वालिकाहरु लगायतका स्थानीय उपभोक्ताहरु यस कार्यक्रमका मुख्य लक्षित समुदाय हुन ।
ड्ड वातावरण संरक्षण एवं जलवायु परिवर्तन न्यूनिकरण, अनुकुलन, कृषि, उर्जा लगायत ग्रामीण जीवनस्तर सुधारका लागि प्राकृतिक तथा वित्तिय श्रोत व्यवस्थापनका क्षेत्रमा क्रियासिल रहेका सरकारी तथा गैरसरकारी सम्पूर्ण निकाय, संघ–संस्था एवं व्यक्तिहरु यसका प्रमुख साझेदारहरु हुन् । भने,
ड्ड स्थानीय तहदेखि केन्द्रीय तहसम्मका सरकारी अधिकारीहरु, राजनीतिज्ञहरु लगायत राष्ट्रिय नीतिनिर्माताहरु यस कार्यक्रमका महत्वपूर्ण सरोकारवालहरु हुन ।
कार्यक्रमका मुख्य क्रियाकलापहरु
 परियोजना अवधिभर विभिन्न प्रशासनिक तहमा बहस तथा पैरवीका लागि समुदाय स्तरदेखि जिल्ला तथा राष्ट्रिय स्तरसम्मका सम्बन्धित सरोकारवालाहरुको पहिचान गर्ने ।
 जलवायु परिवर्तनका विरुद्ध जुध्नका लागि स्थानीय तह हँुदै राष्ट्रिय तथा अन्तराष्ट्रिय तहसम्म “दिगो वातावरणमैत्री विकास अवधारणा” सम्बन्धी बहसहरु चलाउने ।
 सम्बन्धित सरोकारवालाहरुसंगको छलफल तथा परामर्शका आधारमा समुदायहरुको आवश्यकता, सम्भाव्यता एवं गाऊँहरुमा रहेका श्रोत साधनहरुको पहिचान गर्ने ।
 कार्यक्रम अवधि भित्र लक्षित गरिएका ३–वटा गाऊँहरुमा दिगो गाऊँ विकास योजना तयार पार्ने तथा उक्त गाऊँहरुलाई वातावरणमैत्री नमुना गाऊँको रुपमा विकास गर्ने ।
 वातावरणमैत्री दिगो गाऊँ विकास अवधारणालाई राष्ट्रिय मुद्दाको रुपमा विकास गर्न सम्बधित देशका सरकारहरुलाई सक्दो सहयोग पु¥याउने ।
 कार्यक्रम सम्बन्धी नतिजाहरु अंग्रेजी लगायत सम्बन्धित देशहरुका राष्ट्रिय भाषाहरुमा प्रकाशित गर्नुका साथै कार्यक्षेत्रहरुमा सोही बमोजिका क्रियाकलापहरु प्रदर्शन गर्ने ।
 बिभिन्न चरणहरुमा राष्ट्रिय अन्तक्र्रियात्मक बैठकहरु मार्पmत नीतिगत छलफल चलाई कार्यपत्रहरु तयार पार्ने तथा संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा “दिगो वातावरण मैत्री विकास” अवधारणाबारे कार्यपत्र प्रस्तुत गर्ने ।
 वातावरणमैत्री विकल्पहरुको प्रयोग मार्फत नेपालमा दिगो विकास सम्बन्धी एउटा नयाँ अवधारणको विकास गर्ने ।
अपेक्षित उपलब्धि
 लैंगिक सहभागीता एवं सामाजिक न्यायलाई ध्यानमा राख्दै लक्षित समुदायहरुको चेतना अभिवृद्धिसंगै उनीहरुको क्षमता विकास गरिनेछ ।
 वातावरणमैत्री मान्यताहरु सहित स्थानीय साधान–श्रोतहरुको परिचालन मार्फत कार्यक्रमद्वरा लक्षित गरिएका ३–वटा समुदायको आर्थिक–सामाजिक जीवनस्तरमा मापन गर्न सकिने परिवर्तन ल्याइनेछ ।
 गरीबी न्यूनिकरणका लागि जलवायु परिवर्तन न्यूनिकरण सहितको ग्रामीण विकास मापनका सूचकहरुनै वातावरणमैत्री गाऊँ विकासका प्रयोगसिद्ध प्रमाण हुनेछन् ।
 प्रयोगसिद्ध प्रमाणहरु सहितको पैरवीलाई सम्बन्धित सरोकारवालाहरु मार्फत विशेष महत्वकासाथ स्थानीय तहहँुदै केन्द्रीय तहसम्म पु¥याइने छ ।
 स्थानीय समुदाय देखि केन्द्रीय तहसम्मका सम्बन्धित सवै सरोकारवालाहरुको पहलमा राष्ट्रिय नीति निर्माताहरु मार्फत यसलाई नीतिगत रुपमा समावेश गराइनुका साथै कार्यान्वयनमा सहयोग पु¥याइनेछ ।